Thaha

Sunday 28 April - 1:44 am NST

काश्मिर बिबाद समाधानका लागि  राष्ट्रसंघले पहल नगरेको पाकिस्तानको गुनासो

काठमाडौं, १४ असोज ।पाकिस्तानले काश्मिर बिबाद समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल नगरेको गुनासो गरेको छ । राष्ट्रसंघको ७० औं महासभालाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले कास्मिर बिबाद समाधानका लागि पटक–पटक आग्रह गरेपनि राष्ट्रसंघले पहल नगरेको बताउनुभएको हो ।

बिबाद समाधानकालागि सुरक्षा परिषदले दिएका सुझाब समेत राष्ट्रसंघले कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री सरिफले चिन्ता व्यक्त गर्नुभएको छ  । सधै युद्धको स्थितिमा रहदा पनि राष्ट्रसंघको ध्यानाकर्षण हुन नसकेको भन्दै आगामी दिनमा बिबाद समाधान गर्न पहल गरोस भन्ने अपेक्षा गरेको उहाँले बताउनु भयो । भारतले सन् २००३ मा गरेको युद्धबिराम समेत उलंघन गरेको पाकिस्तानको आरोप छ  ।

सीमा क्षेत्रमा हिंसात्मक गतिबिधि जारी राखेको र कास्मीरका जनतामाथि शोषण गरेको आरोप समेत पाकिस्तानले लगाउदै आएको छ ।